सर्लाही, १६ पुस । सर्लाहीमा उखु बोकेको ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक बरहथवा नगरपालिका–५ निवासी २५ वर्षीय हरिन्द्र महतो र पछाडि सवार २२ वर्षीय पुरुषोत्तम दास रहेका छन ।
बरहथवा नगरपालिका–९, मूर्तिया चोकमा सोमबार राति विपरीत दिशाबाट आइरहेका ज१त ९८७६ नम्बरको ट्याक्टर र ज४प ३७७ नम्बरको मोटरसाइकल बीच दुर्घटना भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डीएसपी गौतम थापाले बताए ।
दुर्घटनामा गम्भीर घाइते भएका दुबैको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको डिएसपी थापाले बताए । प्रहरीले ट्याक्टर र त्यसका चालक बलरा नगरपालिका–७ निवासी ३८ वर्षीय वीरेन्द्र महतोलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।