काठमाडौं, १५ पौस । नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक पूर्वाग्रह राखेको बताएका छन् ।
सोमबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पुनले अनुसन्धान भन्दै सरकारले विभिन्न जिल्लामा पु¥याउने काम गरेकोप्रति उनले आपत्ति जनाए ।
रवि लामिछानेमाथि छानविन गर्ने कुरामा हाम्रो भन्नु केही छैन,’ उनले भने, ‘प्रक्रिया नपु¥याइ मध्यरातमा उठाएर हिंडाउने कुरा नागरिक अधिकार विपरितको कुरा हो ।
राजनीतिक पूर्वाग्रह राखेर नै अझै रविलाई सरकारले धेरै जिल्ला घुमाउने तयारी गरेको उनले बताए । हामीले न्यायिक प्रक्रिया रोक्न खोजका होइनौं, यो प्रक्रिया गलत छ,’ उनले भने ।
पुृनले कालो धनलाई सेतो बनाउन सहकारी दुरुपयोग भएको भन्दै बचत तथा ऋण सहकारीहरू नियमन गर्ने अधिकार सम्मन्न निकाय गठन हुनुपर्ने बताए ।