काठमाडौं, १५ पौस । चितवनको सौराहामा जारी हात्ती महोत्वसमा जंगली हात्ती प्रवेश गरीएको छ । अन्तिम दिन सोम महोत्सव स्थलमा जंगली हात्ती मकुना प्रवेश गरेको हो ।
बाघमारा सामुदायिक वनको चौरमा रहेको हात्ती महोत्सव समापन समारोह चलिरहँदा कार्यक्रम स्थलमा प्रवेश गरेको छ । सुरक्षाका लागि नेपाली सेना पनि कार्यक्रमस्थलमै खटिएको छ ।
कार्यक्रममा हात्ती प्रवेश गरेसँगै महोत्सवका पुरस्कार वितरणलगायतका कार्यक्रमहरू स्थगित गरिएका छन् । उनले भने, ‘ हाम्रो घर जंगल छेउमै छ । हामी मानिस पनि वन्यजन्तुमैत्री बन्नुपर्छ भन्ने सन्देश दिएको छ। यसले महोत्सवलाई राम्रो गरेको हो । यहाँ कोही कतै भागदौड भएको देखिदैन। ‘














