काठमाडौँ, १४ पौस । सर्वोच्च अदालतमा आइतबार सबै मुद्दाको सुनुवाइ स्थगित भएको हो ।
पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा मुद्दाहरूको सुनुवाइ रोकिएको भनुभयो । बस्तीको अन्त्येष्टिपछि सर्वोच्च अदालतको पूर्ण बैठकले भर्खरै निधनप्रति शोक व्यक्त गरेर मुद्दाको सुनुवाइ नगरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताएको हो ।
पेशी सूची प्रकाशित भएपछि आज सबै मुद्दाको सुनुवाइ स्थगित गरिएको उनले भनेको हो । सर्वोच्च अदालत बाहेक अरू उच्च र जिल्ला अदालत अनि न्यायाधिकरणमा भने मुद्दाको सुनुवाइ भएको छ । आइतबार बिहान पशुपति क्षेत्र परिसरको विद्युतीय शवदाह गृहमा वस्तीको अन्त्येष्टि गरिएको थियो ।