KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

वर्तमान सरकार सत्ता जोगाउनमा बढि केन्द्रित : जसपा

वर्तमान सरकार सत्ता जोगाउनमा बढि केन्द्रित : जसपा

काठमाडौँ, २६ पुस । वर्तमान सरकार आफ्नो काममा भन्दा बढि सत्ता जोगाउनमा केन्द्रित भएको जनता समाजवादी पार्टी (जसपा) नेपालले आरोप लगाएका छन ।

जसपाको जारी राजनीतिक समितिको बैठकमा पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सरकारले एक वर्ष पूरा गरे पनि गठबन्धनको साझा न्यूनतम कार्यक्रममा उल्लिखित काम गर्न तदारुकता देखाउन नसकेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

गठबन्धन सरकारले प्रतिवद्धता गरेको अनुरूप संविधानको रक्षा र आवश्यकतानुसार परिमार्जन एवम् विकास गर्ने काम हुन नसकेको जसपाको कथन छ ।

जसपाले देशको अर्थतन्त्र सुदृढ गर्न केही नीतिगत प्रतिवद्धता आए पनि संरचनागत सुधारको काम प्रारम्भ हुन नसकेको जनाएको छ । सबै किसिमका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने, मिटरब्याज, लघुवित्त र सहकारीपीडितलाई न्याय दिने, उखु किसानहरूलाई वक्यौता भुक्तानी र न्यूनतम मूल्य निर्धारण, लामो समयदेखि आउन नसकेको शिक्षा विधेयकलाई संसदमा दर्ता गर्ने तथा लाखौँ सुकुम्वासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासी र स्ववासीहरूको समस्या समाधान गर्न एकसाथ जग्गाधनी प्रमाणपत्र दिने तयारीलगायतका काम सकारात्मक रहेको जसपाले जनाएको छ ।

नेपालमै जन्मेर, बुबाआमा नेपाली भएर पनि पहिचानको पीडा झेल्दै बाँचिरहेका लाखौँ नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्र दिने ऐन जारी गरेर सरकारले विभेदमा परेका लाखौँ नेपाली युवाहरूलाई नागरिक हुनुको गौरव प्राप्त गर्ने अवसर दिएको पनि जसपाले आफ्नो राजनीतिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रधानमन्त्री कार्यालयको दरबन्दीमा ६८ जना कटौती गरिए पनि सङ्घीय ढाँचामा प्रशासनिक पुनर्संरचनाको काम हुन नसकेको उल्लेख गर्दै जसपाले गुणस्तरीय सेवा प्रवाहका लागि अनलाइन सेवाहरू केही मात्रामा सुरु भए पनि वन स्टप सोल्युसन, टाइम कार्ड, शासकीय सुधार, कार्य विस्तृतिकरणको पुनरावलोकन जस्ता काम सुरु हुन नसकेको बताएको छ ।

सङ्घीय शिक्षा ऐन प्रतिनिधिसभामा दर्ता भएको छ । त्यसरी नै सङ्घीय मामिला प्रशिक्षण प्रतिष्ठान विधेयक, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम विधेयक, उच्च शिक्षासम्बन्धी विधेयकलगायत ऐनहरू पाइप लाइनमा भए पनि दर्ता भएका छैनन् ।

त्यसैले सरकारले संविधान बमोजिम बन्न बाँकी कानुनहरू यथाशीघ्र बनाउने र प्रदेशलाई अधिकार हस्तान्तरण गर्नुपर्ने जसपाले उल्लेख गरेको छ ।

Facebook Comment


Related Posts

समानुपातिक सिट संख्या अझै यकिन भएन

प्रतिनिधि सभा निर्वाचनपछि खर्च विवरण बुझाउन आयोगको आह्वान

धनुषा-१ निर्वाचन विवाद : सर्वोच्चले रोक्यो कालोसूची प्रक्रिया

धनुषा-१ निर्वाचन विवाद : सर्वोच्चले रोक्यो कालोसूची प्रक्रिया

मल्टीपर्पोज हललाई सभाकक्ष बनाउन तयारी

मल्टीपर्पोज हललाई सभाकक्ष बनाउन तयारी

कृत्रिम अभाव रोक्न प्रशासन सक्रिय व्यापारीलाई चेतावनी

कृत्रिम अभाव रोक्न प्रशासन सक्रिय व्यापारीलाई चेतावनी

अपेक्षाअनुसार सिट नआएपछि ओलीको प्रतिक्रिया

अपेक्षाअनुसार सिट नआएपछि ओलीको प्रतिक्रिया

सिरहामा पोखरीबाट महिलाको शव निकालियो

सिरहामा पोखरीबाट महिलाको शव निकालियो

ताजा समाचार

समानुपातिक सिट संख्या अझै यकिन भएन

प्रतिनिधि सभा निर्वाचनपछि खर्च विवरण बुझाउन आयोगको आह्वान

धनुषा-१ निर्वाचन विवाद : सर्वोच्चले रोक्यो कालोसूची प्रक्रिया

धनुषा-१ निर्वाचन विवाद : सर्वोच्चले रोक्यो कालोसूची प्रक्रिया

मल्टीपर्पोज हललाई सभाकक्ष बनाउन तयारी

मल्टीपर्पोज हललाई सभाकक्ष बनाउन तयारी

कृत्रिम अभाव रोक्न प्रशासन सक्रिय व्यापारीलाई चेतावनी

कृत्रिम अभाव रोक्न प्रशासन सक्रिय व्यापारीलाई चेतावनी

अपेक्षाअनुसार सिट नआएपछि ओलीको प्रतिक्रिया

अपेक्षाअनुसार सिट नआएपछि ओलीको प्रतिक्रिया

सिरहामा पोखरीबाट महिलाको शव निकालियो

सिरहामा पोखरीबाट महिलाको शव निकालियो


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar