कठमाडौं, १ पुस । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दलहरूलाई चुनाव चिन्ह प्रदान गर्दैछ ।
आयोगले आगामी ११ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दर्ता भएका राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गर्ने भएको छ ।
राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन १२ दल दर्ता भएका र आज ति दलहरूलाई चुनाव चिन्ह प्रदान गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताएका छन ।
दललाई चुनाव चिन्ह प्रदान गरिसकेपछि ४ पुसमा दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ ।
२० फागुनदेखि नेकपा एमालेका ९ सहित २० राष्ट्रियसभा सदस्यहरू पदमुक्त हुँदै छन् ।