जनकपुरधाम, ३० मंसिर । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज मटकोर विधि मनाइँदै छ ।
आज धार्मिक तथा ऐतिहासिक गंगासागरमा राम र जानकीको मटकोर गरिँदैछ । आज दिउँसो १ बजे जानकी मन्दिरबाट गाजागाजा सहित पुगेर गंगासागरमा भव्य रुपमा राम र जानकीको मटकोर गरिने जानकी मन्दिरका सह महन्त रामरोशन दासले बताए ।
मिथिलाको परम्परा अनुसार राम र जानकीको मटकोर विधि गरिन्छ । मटकोरमा राम र सीताको प्रतिकात्मक रुप बनाइएका बालबालिकालाई मटकोरको विध गर्ने गरिन्छ ।
त्यहाँ उपस्थित संयौ नरनारीले मटकोर गीत गाउने गर्छन् । मटकोटर सकिएपछि भोली आईतबार जनकपुरमा भगवान राम र जानकीको डोला फेर गरी सयोम्बर र विवाहको बिधि हुने छ ।