काठमाडौँ, २४ मङ्सिर ा प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले विश्वव्यापी जलवायु परितवर्तनको प्रभावले मानव अधिकारका सबै आयमलाई जोखिममा रहेको बताए ।
आइतबार ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यसका असरसँग जुध्न सरकार गम्भीर रहेको जिकिर गरे ।
जलवायु परिवर्तनलाई बढवा दिने गतिविधि अन्य राष्ट्रहरूले गर्ने तर त्यसको प्रभावको जोखिम नेपालजस्ता देशहरूले भोग्नुपर्ने विडम्बना देखिएको छ’, प्रचण्डले भने, ‘यसका असरसँग जुध्ने र अनुकुलनका लागि वातावरण सिर्जना गरी मानव अधिकारको रक्षाका लागि नेपाल सरकार निकै संवेदनशील रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।