जनकपुरधाम, २३ मंसिर । रौतहटमा ११ हजार भोल्टको बिजुलीको तार खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको हो ।
मृत्यक भने माधवनारायण नगरपालिका– ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन् । जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा किसानसँगै गोरु पनि मरेको हो ।
बिहान ११ः४५ बजेको समयमा खेत जोतिरहेका पण्डितमाथि ११ हजार भोल्टको तार चुडेर खसेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माले बताए ।
शर्माका अनुसार त्यहाँ पहिलेदेखि नै बिजुली सर्ट भएर आगो बल्ने गरेको थियो ।