काठमाडौं , मंसिर २३ ा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले भ्रष्टाचार निवारणका निम्ति राज्यका सबै संयन्त्रहरूलाई परिचालन गरिरहेको बताए ।
शनिबार भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसले सकारात्मक परिणामसमेत हासिल भएको बताएका छन ।
आगामी दिनमा भ्रष्टाचार नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने जिम्मेवारी सरकारसामु रहेको धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताए ।
भ्रष्टाचारका कारणहरूको पहिचान गरी त्यसको निवारणका निम्ति सरकारले राज्यका सबै संयन्त्रहरूलाई प्रचलित कानुनबमोजिम परिचालन गरिरहेको छ ।
त्यसको सकारात्मक परिणामसमेत हासिल भएका कारण आम नागरिकमा क्रमशः आशाको सञ्चार हुँदै गएको छ,’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताए ।
आगामी दिनमा भ्रष्टाचार नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने जिम्मेवारी सरकारसामु छ ।सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढिरहेको उनले बताउनु भएको हो ।