जनकपुरधाम, २१ मंसिर । धनुषामा एक व्यक्ति मृत फेला परेका छन् ।
सबैला नगरपालिका ९ सतोखरका ३५ वर्षीय रामशंकर राय बुधबार साँझ साढे ६ बजेतिर मृत फेला परेका छन् । दिउँसोदेखि अत्यधिक मदिरा सेवन गरेका राय साँझ सबैला नगरपालिका ३ स्थित नालामा शौच गर्न गएका थिए ।
उनी त्यहीँ मृत फेला परेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक सुन्दर चौलागाइले बताए । रायको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।