काठमाडौं, १४ मंसिर । सि.के राउत नेतृत्वमा रहेको जनमत पार्टीले आगामी वैशाखभित्र वडादेखि प्रदेशसम्मको अधिवेशन गर्ने भएको छ ।
शुक्रबार बसेको सचिवालय बैठकले वडादेखि प्रदेशसम्मको अधिवेशनको मिति तय गरेको छ ।
१५ मंसिरदेखि १५ माघसम्म वडा अधिवेशन गर्ने निर्णय भएको छ भने वडा अधिवेशन सकिएपछि १५ फागुनसम्म पालिका र ३ चैतमा जिल्ला अविधेशन गर्ने निर्णय भएको पार्टीका सचिव बीपी साहले बताए ।
प्रदेश अधिवेशन २०८१ वैशाख २४–३० का लागि तय भएको साहले बताए ।