काठमाडौं, २५ कातिक । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र उपपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच लञ्चमिटिङ भएको छ ।
गृहमन्त्री श्रेष्ठको स्वकीय सचिव सुशन कर्माचार्यलाई लिएर शनिबार बिहान बालेन निवास गैरीगाउँमा पुगेका थिए । बालेनपत्नी सबिना काफ्लेले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै लन्चमिटिङबारे जानकारी गराएकी हुन् ।
सार्वजनिक तस्बिरमा मन्त्री श्रेष्ठकी स्वकीय सचिव कर्माचार्यले बालेनकी छोरीलाई काखमा लिएकी छिन् । मेयर शाहले आफ्नी श्रीमती सबिना चढेको गाडी प्रहरीले रोकेको भन्दै केही महिनाअघि सामाजिक सञ्जालमार्फत सरकारलाई ‘चोर’को संज्ञा दिएका थिए ।
उनले सिंहदरबार जलाइदिने धम्की दिएपछि सर्वत्र उनको आलोचना भएको थियो । सो धम्कीलाई लिएर कारबाही गर्नुपर्ने आवाज उठेपछि उनले आफ्नो स्टाटस सामाजिक सञ्जालबाट हटाएका थिए ।