काठमाडौँ, १५ कातिक । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट छिटो पारित गर्नुपर्ने जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।
बुधबार एमालेले चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष यादवले तत्कालीन द्वन्द्वरत पक्षहरुबीच भएको सम्झौता कार्यान्वयन गरेर नै शान्ति प्रक्रियालाई टुंगो लगाउनुपर्ने पनि बताए ।
तत्कालीन द्वन्द्वरत पक्षहरु गम्भिर नभएकै कारण शान्ति प्रक्रियाको बाँकी कामअझै टुंगोमा पुग्न नसकेको बताए ।