जनकपुरधाम, १४ कार्तिक । बारा जिल्लाको कलैयास्थित बाल एकता इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीनजना भारतीय नागरिक सहित ६ जनालाई पक्राउ गरेका छन ।
बाराका प्रहरी प्रवक्ता डिएसपी दधीराम न्यौपानेका अनुसार हत्यामा संलग्न हुन सक्ने आशंकाका आधारमा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने एकजना महिला उनकै विद्यालयमा काम गर्ने पूर्व शिक्षिका रहेको जनाएको छ ।
आपसी सम्बन्ध एवं रिसिबीको कारण स्वर्णकारको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
सोमबार दिउँसो दुई वटा मोटरसाइकलमा चारजनाको समूहमा आएको अज्ञात समूहले स्वर्णकारमाथि गोली प्रहार गरेर भागेका थिए ।