काठमाडौं, २३ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५१० ग्राम सुनसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा.टोकराज पाण्डेले जानकारी दिनुभएको छ ।
पाण्डेका अनुसार मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमबार काठमाडौं आएका धामीले टिभीको भित्रपट्टी लुकाईछिपाई ल्याएको उक्त सुन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ ।