धनगढी,१६ असोज । सुदूरपश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पका कारण बझाङमा केही घरहरू भत्किएका छन् ।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटरमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको छ ।














