गोरखा, १६ भदौ । गोरखा–आँबुखैरेनी सडकखण्डअन्तर्गत गोरखा नगरपालिका–८ स्थित कट्टेलचोकमा शंकास्पद वस्तु फेला परेको हो ।
शनिबार बिहान टेप बाँधेर राखेको अवस्थामा मुख्य सडकमा कुकर फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठले जानकारी दिएका छन ।
एसपी श्रेष्ठका अनुसार ‘मर्निङ वाक्’ गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त शंकास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको एसपी श्रेष्ठले बताउनुभयो ।














