काठामाडौँ,३२ साउन।जनमत पार्टीका सचिवालय प्रमुख राजेश मण्डलले मधेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंहलाई स्वागत गरेका छ्न ।
बिहिवार जनमत पार्टीका महासचिव तथा मधेश सरकारका श्रम तथा यातायात मन्त्रीमा नियुक्त भएपछि पार्टीको काठमाडौंस्थित बुद्धनगरमा पहिलो पटक पुगेपछि मन्त्री सिंहलाई सचिवालय प्रमुख मण्डलले स्वागत गरेका हुन ।
उनलाई जनमत पार्टीका राष्ट्रिय सचिव बीपी साह,केन्द्रिय सदस्य पिएन माझी ,रामनारायण साहसहितका नेताहरुले स्वागत गर्दै मन्त्री सिंहलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।