KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दलित समुदायमाथि भइरहेको अन्याय÷अत्याचारविरुद्ध सर्घष समिति गठन, संयोजकमा महरा

दलित समुदायमाथि भइरहेको अन्याय÷अत्याचारविरुद्ध सर्घष समिति गठन, संयोजकमा महरा

जनकपुरधाम, ९ साउन । दलित समुदाउमाथि भइरहेको अन्याय÷अत्याचारविरुद्ध मधेस प्रदेशमा क्रियाशील राजनीतिक दलका भातृ सङ्गठनहरू एकजुट भएर लाग्ने प्रण गरेका छन् ।

दलित सरोकार मञ्च, नेपालका कार्यकारी निर्देशक भोला पासवानको अगुवाइमा जनकपुरधामस्थित मसला कटेजमा भातृ सङ्गठनहरूको संयुक्त बैठकले सो प्रण गरेका छन् ।

संयुक्त बैठकले जसपाको दलित भातृ संगठन समाजवादी दलित मुक्ति सङ्गठनका रामो महराको संयोजकत्वमा दलित भातृ सङ्गठनका सबै प्रतिनिधि सम्मिलित मधेस प्रदेशस्तरीय संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति गठन गरेको छ ।

समितिको नेतृत्व ६÷६ महिनामा परिवर्तन गर्ने गरि समिति निमार्ण गरिएको छ । संयुक्त रुपमा जारी अपिलमा भनिएको छ,समितिले दलितका जुनसुकै समस्या समाधानका लागि एकजुट भएर सङ्घर्ष गर्ने निर्णय गरेको छ ।

अपिलमा विशेषगरी प्रस्तावित सङ्घीय निजामती ऐन र संशोधनको प्रक्रियामा रहेको निर्वाचन ऐन तथा सम्पूर्ण क्षेत्र र तहमा संविधानले गरेको परिकल्पनाअनुरूप समावेशी र समानुपातिक आधारमा दलित प्रतिनिधित्वका लागि जुनसुकै कदम चाल्न पनि पछि नपर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यसरी सबै निकायमा हुने समावेशी र समानुपातिक दलित सहभागितामध्ये पनि मधेसी दलितको संविधानको धारा ४० को उपधारा ७ बमोजिमको जनसङ्ख्याका आधारमाप्रतिनिधित्वका लागि सम्पूर्ण शुभेच्छुक, समर्थकको समेत सहयोगमा हरदम लागिपर्ने निर्णय पनि भएको छ ।

अपिलमा भनिएको छ,‘समग्रमा दलित समुदायको हक÷अधिकार प्राप्ति तथा यो समुदायमाथि भइरहेको अन्याय÷अत्याचारविरुद्ध एकजुट भएर लागिपर्ने प्रण पनि हामी सबैले गरेका छौँ ।’ समितिमामा जसपाका रामो महरा (संयोजक) र शोभित पासवान,सुनिता मोची सदस्य रहेका छन् ।

माओवादी केन्द्रका दलित भातृ संगठन नेपाल दलित मुक्ति मोर्चाका मधेश प्रदेश अध्यक्ष लवकुश बैठा,प्रदेश सचिव विनोद महरा सदस्य रहेका छन् ।

एमाले निकट दलित भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति मोर्चाका प्रदेश अध्यक्ष पञ्चदेव खङ्ग,सचिव अशोक मण्डल, नेकपा एस निकट नेपाल दलित मुक्ति सङ्गठनका प्रदेश अध्यक्ष रामआशीष दास र सहसचिव ममता विश्वकर्मा सदस्य रहेका छन् ।

त्यसैगरी काग्रेस निकट नेपाल दलित सङ्घका प्रदेश अध्यक्ष रामएकवाल पासवान,सचिव राजाराम पासवान,बहुजन एकता पार्टीका राजाराम पासवान, लोसपा निकट लोकतान्त्रिक समाजवादी दलित सङ्घका सुनिता मेस्तर सदस्य रहेका छन् ।

द्यलितमाथि मधेश प्रदेशमा भइरहेको जातीय उत्पीडनका घटनामा समितिले गम्भिर भएर काम गर्ने र दलित हकहितका लागि एकताबद्ध भएर लाग्ने संयोजक रामो महराले बताए ।

Facebook Comment

Related Posts

गणेश मन्दिरमा दर्शन गर्न पुगेका बच्चाको खुट्टाबाट चाँदीको बाला चोरी

गणेश मन्दिरमा दर्शन गर्न पुगेका बच्चाको खुट्टाबाट चाँदीको बाला चोरी

उपेन्द्र यादवका तीन सुझाव : संविधान संशोधनदेखि पुनर्लेखनसम्म

उपेन्द्र यादवका तीन सुझाव : संविधान संशोधनदेखि पुनर्लेखनसम्म

अर्थमन्त्री वाग्लेको भारत भ्रमण, सीतारमणसँग भेटवार्ता

अर्थमन्त्री वाग्लेको भारत भ्रमण, सीतारमणसँग भेटवार्ता

ज्यालाको प्रलोभनमा यात्रुलाई सुन बोकाएर तस्करी, ४५ जना पक्राउ

ज्यालाको प्रलोभनमा यात्रुलाई सुन बोकाएर तस्करी, ४५ जना पक्राउ

बजेट पारित भएको दुई महिना बित्दा पनि १२ पालिकाको खाता बन्द

बजेट पारित भएको दुई महिना बित्दा पनि १२ पालिकाको खाता बन्द

कुमार बेनको बचाउमा संसद्मा उत्रिए रास्वपा सांसद थापा

कुमार बेनको बचाउमा संसद्मा उत्रिए रास्वपा सांसद थापा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar