जनकपुरधाम,१५ असार । नेपाल अमात समाजका श्री शिरोमणि रामजानकी अमात मन्दिरको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
शुक्रवार जनकपुरधामको कलवार कुट्टीको सभाहलमा अधिवेशन सम्पन्न गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल अमात समाज कल्याण समितिका केन्द्रिय सदस्य राम हृदउ रायले अमात समुदाय अन्तरगत रहेको सम्पुर्ण मन्दिरहरुको संरक्षण गर्न हाम्रो जिम्मेवारी रहेको छ ।
साथै श्री शिरोमणि रामजानकी अमात मन्दिरको संरक्षणका लागि तिनै तहका सरकारलाई ध्यान दिनुपर्ने बताएका छन । कार्यक्रको अध्यक्षता मन्दिरका अध्यक्ष जनक रायले गरेका छन ।
कार्यक्रममा धनुषा,महेत्तरी,सिरहाका २५० जना अमात समुदायहरुको उपथ्तिि रहेको थियो ।
“अमात समुदाय नेपालको तराईमा बसोबास गर्ने मानिसहरूको एक जाति हो । यिनीहरू मुख्यरूपमा राय, राउत, मन्डल,बिस्वास र अमात्य थर लेख्ने गर्दछन् । अमातलाई “अमात्र“ को वाक्यांश पनि भन्न सकिन्छ । अमात जातिको इतिहास मुण्डक उपनिषद्का अनुसार अमात्र ध्यानको चौथो अवस्था हो, जसलाई समाधि पनि भनिन्छ । सरल शब्दमा भन्नु पर्दा, निर्गुण वा अद्वैत ईश्वरको पूजा गर्नेहरूलाई “अमात्र ब्राह्मण“ भनिन्छ ।