KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण आगामी १७ देखि २० जेठसम्म हुने

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण आगामी १७ देखि २० जेठसम्म हुने

काठमाडौं,१३ जेठ । नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले एकसाथ प्रधानमन्त्री प्रचण्डको आगामी १७ देखि २० जेठसम्म हुने भ्रमणको औपचारिक मिति घोषणा गरेका छन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा हुन लागेको प्रधानमन्त्री प्रचण्डको चार दिने भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग शिष्ट्राचार भेट गर्ने कार्यक्रम रहेको जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण टोली स्वकीय सचिव गंगा दाहाल, नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणको दोस्रो दिन १८ जेठमा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् ।

सोही दिन मोदीले प्रधानमन्त्री प्रचण्ड र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् । त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डले भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीले भ्रमणको तेस्रो दिन १९ जेठमा भारतको मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

Facebook Comment

Related Posts

पैसा तिरेर सडकमा पसल! जनकपुरको पेठिया बजारमा अनौठो अभ्यास

पैसा तिरेर सडकमा पसल! जनकपुरको पेठिया बजारमा अनौठो अभ्यास

निर्वाचनमा सिट नजितेपछि मोर्चाको छलफल

निर्वाचनमा सिट नजितेपछि मोर्चाको छलफल

काबुल आक्रमणपछि इस्लामाबाद ड्रोन हमलाको निशानामा

काबुल आक्रमणपछि इस्लामाबाद ड्रोन हमलाको निशानामा

उपभोक्ता अधिकार संरक्षणका लागि ग्यास आपूर्ति मिलाउन आयोगको आग्रह

उपभोक्ता अधिकार संरक्षणका लागि ग्यास आपूर्ति मिलाउन आयोगको आग्रह

ट्राफिक डिभाइडरले रामानन्द चोक सुन्दर, तर छाडा चौपायाको चुनौती

ट्राफिक डिभाइडरले रामानन्द चोक सुन्दर, तर छाडा चौपायाको चुनौती

धनकुटाको वडाध्यक्ष लिम्बुको निधन

धनकुटाको वडाध्यक्ष लिम्बुको निधन

ताजा समाचार

पैसा तिरेर सडकमा पसल! जनकपुरको पेठिया बजारमा अनौठो अभ्यास

पैसा तिरेर सडकमा पसल! जनकपुरको पेठिया बजारमा अनौठो अभ्यास

निर्वाचनमा सिट नजितेपछि मोर्चाको छलफल

निर्वाचनमा सिट नजितेपछि मोर्चाको छलफल

काबुल आक्रमणपछि इस्लामाबाद ड्रोन हमलाको निशानामा

काबुल आक्रमणपछि इस्लामाबाद ड्रोन हमलाको निशानामा

आर्मीविरुद्ध जित हात पार्दै एपीएफ क्लब शीर्ष स्थानमा उक्लियो

आर्मीविरुद्ध जित हात पार्दै एपीएफ क्लब शीर्ष स्थानमा उक्लियो

ट्रक र कन्टेनरको ठक्करमा कन्टेनर चालकको मृत्यु।

ट्रक र कन्टेनरको ठक्करमा कन्टेनर चालकको मृत्यु।

उपभोक्ता अधिकार संरक्षणका लागि ग्यास आपूर्ति मिलाउन आयोगको आग्रह

उपभोक्ता अधिकार संरक्षणका लागि ग्यास आपूर्ति मिलाउन आयोगको आग्रह

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar