KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भूमिहीनको समस्या समाधान गर्न कानुनी अवरोध हटाइयो : मन्त्री गौतम

भूमिहीनको समस्या समाधान गर्न कानुनी अवरोध हटाइयो : मन्त्री गौतम

काठमाडौं, २७ असोज । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भूमिहीन नागरिकको दीर्घकालीन समस्या समाधान गर्न सरकारले भूमि तथा वनसम्बन्धी अध्यादेश जारी गरेको बताएकी छन्।

सामाजिक सञ्जालमार्फत उनले कानुनी अस्पष्टताका कारण लामो समयदेखि जग्गाको स्वामित्व पाउन नसकेका योग्य परिवारलाई जग्गा उपलब्ध गराउने प्रक्रिया सहज बनाउन अध्यादेश ल्याइएको जानकारी दिएकी हुन्।

अध्यादेशअनुसार २०६६ माघ २८ गतेअघि नै आवाद कमोतमा रहेका र अभिलेखमा वन उल्लेख भए पनि वास्तविक रूपमा वन नरहेका तोकिएका जग्गाको पुनः नक्साङ्कन गरी सरकारको नाममा कायम गर्न सकिनेछ। त्यसपछि कानुनी मापदण्ड पूरा गरेका परिवारलाई स्थानीय तहको सिफारिसमा जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइनेछ।

योग्य परिवारलाई कृषि प्रयोजनको जग्गा न्यूनतम मूल्याङ्कनको ७ प्रतिशत र आवासीय जग्गा १२ प्रतिशत दस्तुर लिएर उपलब्ध गराउन सकिने व्यवस्था गरिएको मन्त्री गौतमले बताएकी छन्। जोखिमयुक्त स्थानमा बसोबास गर्ने भूमिहीन परिवारलाई भने अन्यत्र व्यवस्थापन गरिनेछ।

उनका अनुसार सबै सरकारी, सार्वजनिक वा वन क्षेत्रको जग्गा वितरण गरिने छैन। वास्तविक वन क्षेत्र, राष्ट्रिय निकुञ्ज तथा संरक्षण गर्नुपर्ने सार्वजनिक जग्गाको संरक्षणसम्बन्धी व्यवस्था यथावत् रहनेछ।

साथै, जग्गा रजिस्ट्रेसन, नामसारीलगायतका सेवा स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ।

Facebook Comment

Related Posts

चाडपर्वमा सुरक्षित यात्राका लागि धनुषामा ट्राफिक प्रहरीको कडाइ

चाडपर्वमा सुरक्षित यात्राका लागि धनुषामा ट्राफिक प्रहरीको कडाइ

प्रतिपक्षीको बहिष्कारबीच सुदूरपश्चिमको ३७ अर्बको बजेट पारित

प्रतिपक्षीको बहिष्कारबीच सुदूरपश्चिमको ३७ अर्बको बजेट पारित

गृहमन्त्री सुधन गुरुङ र अमित शाहबीच भेटवार्ता

गृहमन्त्री सुधन गुरुङ र अमित शाहबीच भेटवार्ता

दशैँलाई लक्षित गर्दै सखुवाको खसीबोका बजार तीन दिन लाग्ने

दशैँलाई लक्षित गर्दै सखुवाको खसीबोका बजार तीन दिन लाग्ने

आईपीयू महासभामा सहभागी नेपाली टोली स्वदेश फर्कियो

आईपीयू महासभामा सहभागी नेपाली टोली स्वदेश फर्कियो

चाडपर्वमा सुरक्षा चुनौती रोक्न मधेश प्रदेशको सक्रियता

चाडपर्वमा सुरक्षा चुनौती रोक्न मधेश प्रदेशको सक्रियता

ताजा समाचार

चाडपर्वमा सुरक्षित यात्राका लागि धनुषामा ट्राफिक प्रहरीको कडाइ

चाडपर्वमा सुरक्षित यात्राका लागि धनुषामा ट्राफिक प्रहरीको कडाइ

भूमिहीनको समस्या समाधान गर्न कानुनी अवरोध हटाइयो : मन्त्री गौतम

भूमिहीनको समस्या समाधान गर्न कानुनी अवरोध हटाइयो : मन्त्री गौतम

प्रतिपक्षीको बहिष्कारबीच सुदूरपश्चिमको ३७ अर्बको बजेट पारित

प्रतिपक्षीको बहिष्कारबीच सुदूरपश्चिमको ३७ अर्बको बजेट पारित

गृहमन्त्री सुधन गुरुङ र अमित शाहबीच भेटवार्ता

गृहमन्त्री सुधन गुरुङ र अमित शाहबीच भेटवार्ता

दशैँलाई लक्षित गर्दै सखुवाको खसीबोका बजार तीन दिन लाग्ने

दशैँलाई लक्षित गर्दै सखुवाको खसीबोका बजार तीन दिन लाग्ने

आईपीयू महासभामा सहभागी नेपाली टोली स्वदेश फर्कियो

आईपीयू महासभामा सहभागी नेपाली टोली स्वदेश फर्कियो

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar