काठमाडौं, २७ असोज । सुदूरपश्चिम प्रदेश सभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले ल्याएको ३७ अर्ब ७० करोड ३९ लाख रुपैयाँको बजेट मंगलबार पारित गरेको छ।
प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारबीच बसेको प्रदेश सभा बैठकले बजेट सर्वसम्मत रूपमा पारित गरेको हो। यसअघि असार १ गते प्रस्तुत बजेट पारित हुन नसकेपछि आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले आइतबार नयाँ बजेट पेस गरेका थिए।
बजेटप्रति सत्तापक्षकै सांसदहरूले असन्तुष्टि जनाएपछि त्यसमा देखिएका बेथितिबारे छानबिन गर्न सात सदस्यीय संसदीय समिति गठन गरिने भएको छ।
सभामुख भीमबहादुर भण्डारीका अनुसार समितिले कात्तिक २० गतेभित्र प्रतिवेदन बुझाउनेछ। उक्त प्रतिवेदनका आधारमा मंसिर १ गतेसम्म पूरक बजेट ल्याउने तयारी गरिएको छ।














