जनकपुर, २७ असोज । दशैँ पर्वलाई लक्षित गर्दै धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–सखुवामा लाग्ने मधेशी खसीबोका बजार यस वर्ष तीन दिनसम्म सञ्चालन हुने भएको छ।
बजार समितिका अनुसार दशैँका अवसरमा खसीबोका खरिदबिक्री गर्ने उपभोक्ता तथा व्यापारीको सुविधालाई ध्यानमा राख्दै बजार बिहीबार, शुक्रबार र शनिबार सञ्चालन गर्न लागिएको हो। यसअघि उक्त बजार सातामा दुई दिन मात्र लाग्ने गरेको थियो।
दशैँका बेला खसीबोकाको माग बढ्ने भएकाले खरिदबिक्रीलाई सहज बनाउन बजार सञ्चालनको अवधि थप गरिएको बजार समितिले जनाएको छ।
तीन दिनसम्म बजार सञ्चालन हुँदा स्थानीय किसान, व्यापारी तथा उपभोक्तालाई खसीबोका खरिदबिक्री गर्न सहज हुने जनाएको छ ।
दशैँमा घरघरमा मासुका लागि खसीबोका खरिद गर्ने चलन रहेकाले सखुवास्थित मधेशी खसीबोका बजारमा यस अवधिमा कारोबार बढ्ने अनुमान गरिएको छ।














