काठमाडौं, २७ असोज । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी भएर मंगलबार स्वदेश फर्किएका छन्।
सभामुख अर्याल असोज १८ गते तान्जानियाको अरुषा प्रस्थान गरेका थिए। त्यहाँ अक्टोबर ५ देखि ९ (असोज १९ देखि २३) सम्म महासभा सञ्चालन भएको थियो।
महासभामा सभामुख अर्यालसँगै उनकी धर्मपत्नी अम्बिका केसी, प्रतिनिधिसभा सदस्य रविन महत्तो तथा राष्ट्रियसभा सदस्य झक्कु प्रसाद सुवेदी र अञ्जान शाक्य सहभागी भएका थिए।














