काठमाडौं, १४ असोज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले दसैँ–तिहारका बेला हवाई टिकटको मूल्य अस्वाभाविक रूपमा बढाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले चाडपर्वको समयमा एयरलाइन्स कम्पनीहरूले यात्रुसँग महँगो भाडा असुल्ने गरेको आरोप लगाए। उनका अनुसार धनगढीको हवाई टिकट १६ हजार र भद्रपुरको १२ हजार रुपैयाँसम्म पुगेको छ।
प्रसाईंले हवाई टिकटमा भइरहेको भनिएको कालोबजारी नियन्त्रण गर्न पर्यटनमन्त्रीको ध्यानाकर्षण गराउँदै चाडपर्वमा यात्रुलाई सहज र उचित भाडामा सेवा उपलब्ध गराउन माग गरे।














