नयाँ दिल्ली । भारत भ्रमणमा रहेका नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गरेका छन्।
बिहीबार नयाँ दिल्लीस्थित भारतीय वित्त मन्त्रालयमा भएको भेटमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्य सहभागी थिए।
तीनदिने भारत भ्रमणका क्रममा रहेका मन्त्री वाग्लेले विभिन्न कार्यक्रममा सहभागिता जनाउनेछन्। शनिबार भारतीय विदेशमन्त्री एस. जयशंकरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।














