काठमाडौं, ८ असार। एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेको दाबी गरिएको छ।
गृह मन्त्रालय स्रोतलाई उद्धृत गर्दै केही माध्यमहरूले सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको जनाएको छन्।
उक्त दाबीअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथि अनुसन्धान गरिरहेको थियो र विभागको अनुरोधमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको बताइएको छ।














