KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आज देशभर हर्षोल्लासका साथ भाइटीका मनाइँदै

आज देशभर हर्षोल्लासका साथ भाइटीका मनाइँदै

काठमाडौं, २५ कार्तिक । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज देशभर दाजुभाइले दिदीबहिनीको हातबाट सप्तरङ्गी टीका र माला ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन्।

हरेक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका तिहारको प्रमुख पर्व हो। यस अवसरमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख र समृद्धिको कामना गर्दै परम्पराअनुसार टीका तथा फूलमाला लगाइदिने गर्छन्।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। यद्यपि दिनभर टीका लगाउन सकिने समितिले जनाएको छ। यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्व र लगाउने दाजुभाइ पश्चिम फर्कनुपर्ने बताइएको छ।

भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर टीका लगाइदिने, मखमली, सयपत्री तथा गोदावरीका माला पहिर्‍याउने र विभिन्न परिकार खुवाउने परम्परा छ। त्यसैगरी दाजुभाइले पनि दिदीबहिनीलाई दक्षिणा तथा उपहार दिएर सम्मान प्रकट गर्ने गर्छन्।

दिदीबहिनी वा दाजुभाइ नहुने व्यक्तिका लागि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज भक्तजनका लागि खुला गरिएको छ। वर्षमा एकपटक भाइटीकाकै दिन खुल्ने उक्त मन्दिरमा भक्तजनले पूजा, दर्शन तथा टीका लगाउने परम्परा छ। त्यस्तै, जयवागेश्वरी स्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि टीका लगाउने व्यवस्था रहेको छ।

यसैबीच, नेवार समुदायले भाइटीकालाई किजापूजाका रूपमा मनाउने गर्छन्। समुदायको परम्परा र धार्मिक मान्यताअनुसार कतिपयले अघिल्लो दिन र कतिपयले आज किजापूजा गर्ने चलन रहेको छ।

Facebook Comment


Related Posts

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका मन्त्री ताभियोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका मन्त्री ताभियोबीच भेटवार्ता

मधेसका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

मधेसका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

प्रेम, विश्वास र आत्मीयताको पर्व भाइटीका : प्रधानमन्त्री शाह

बलर चम्किँदा सुदूरपश्चिम विजयी, जनकपुरको चौथो हार

बलर चम्किँदा सुदूरपश्चिम विजयी, जनकपुरको चौथो हार

लक्ष्मीनिया-५ मा चक्कु प्रहारबाट दुई युवा घाइते

लक्ष्मीनिया-५ मा चक्कु प्रहारबाट दुई युवा घाइते

केन्द्रीय कारागारका मात्रै १ हजार १३१ कैदी अझै फरार

केन्द्रीय कारागारका मात्रै १ हजार १३१ कैदी अझै फरार

ताजा समाचार

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका मन्त्री ताभियोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका मन्त्री ताभियोबीच भेटवार्ता

मधेसका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

मधेसका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

आज देशभर हर्षोल्लासका साथ भाइटीका मनाइँदै

आज देशभर हर्षोल्लासका साथ भाइटीका मनाइँदै

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

प्रेम, विश्वास र आत्मीयताको पर्व भाइटीका : प्रधानमन्त्री शाह

बलर चम्किँदा सुदूरपश्चिम विजयी, जनकपुरको चौथो हार

बलर चम्किँदा सुदूरपश्चिम विजयी, जनकपुरको चौथो हार

लक्ष्मीनिया-५ मा चक्कु प्रहारबाट दुई युवा घाइते

लक्ष्मीनिया-५ मा चक्कु प्रहारबाट दुई युवा घाइते


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar