काठमाडौं, ८ असार । रास्वपाका प्रवक्ता मनीष झाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
चितवनमा जारी महाधिवेशनको बन्दसत्रस्थल बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू महामन्त्रीका लागि मानसिक रूपमा तयार भइसकेको र परिणाम जे आए पनि प्रतिस्पर्धामा उत्रिने बताएका हुन् ।
झाले महामन्त्री पदमा आफ्नो दाबी स्वाभाविक रहेको उल्लेख गर्दै मिडियामा आएको चर्चा स्वीकारोक्तिसहित आएको बताए ।
उनले पार्टीको सभापति वा देशको प्रधानमन्त्री बन्ने अपेक्षा नभए पनि नेतृत्वको थप जिम्मेवारी सम्हाल्ने चाहना रहेको स्पष्ट पारे ।














