चितवन, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) को महामन्त्री पदका लागि प्रवक्ता मनीष झा र सहमहामन्त्री विपिन आचार्यले दाबी प्रस्तुत गरेका छन् ।
दुवैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर महाधिवेशन प्रतिनिधिसँग आफूलाई जिताएर महामन्त्री बनाउने आग्रह गरिरहेका छन् । रास्वपाको विधानअनुसार पदाधिकारी बन्नुअघि केन्द्रीय सदस्य निर्वाचित हुनुपर्ने व्यवस्था छ ।
यसैबीच, सोमबार बिहान साढे ८ बजे सुरु हुने भनिएको महाधिवेशनको बन्दसत्र प्रतिनिधिको टुंगो र परिचयपत्र वितरण प्रक्रिया नसकिँदा दिउँसोसम्म पनि सुरु हुन सकेको छैन ।














