काठमाडौं, १ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने सहमति भएको र इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।
ब्रेन्ट क्रुडको मूल्य करिब ४ प्रतिशत घटेर प्रतिब्यारेल ८४ डलरमा पुगेको छ भने अमेरिकी क्रुड पनि झण्डै ५ प्रतिशत घटेर ८१ डलर आसपासमा झरेको छ।
इरान र अमेरिकाबीच हुने भनिएको सम्झौताले विश्व ऊर्जा बजारमा राहतको संकेत दिएको छ । यद्यपि, विश्लेषकहरूले हर्मोज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा आउनु, तेल उत्पादन पुनः सुचारु हुनु र आपत्कालीन मौज्दात पुनः भर्नुपर्ने भएकाले मूल्य लामो समयसम्म न्यून रहने सम्भावना कम रहेको बताएका छन् ।
युद्ध अन्त्यको सकारात्मक प्रभाव अमेरिकी सेयर बजारमा पनि देखिएको छ ।














