काठमाडौं, १७ बैशाख । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले सामाजिक सञ्जालमा साझा गरेको नक्सामा भारतको जम्मु–कश्मीर क्षेत्रलाई पाकिस्तानमा देखाएपछि विवाद उत्पन्न भएको छ ।
यस त्रुटिप्रति चौतर्फी आलोचना भएपछि निगमले माफी माग्दै उक्त पोस्ट हटाएको जनाए । निगमले नक्सामा गम्भीर सीमासम्बन्धी गल्ती भएको स्वीकार गर्दै यस्तो सामग्रीले आफ्नो आधिकारिक धारणा प्रतिनिधित्व नगर्ने स्पष्ट पारेको छ ।
साथै, भविष्यमा यस्ता त्रुटि नदोहोरिने गरी आन्तरिक समीक्षा गरिरहेको पनि जनाएको छ । यो घटनापछि भारतमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कडा प्रतिक्रिया जनाएका थिए । भोजपुरी अभिनेता खेसारी लाल यादव लगायतले पनि सार्वजनिक रूपमा आलोचना गरेका थिए ।














