काठमाडौं, १२ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे सबै सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएकी छन् ।
मंगलबार साँझ बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री कार्कीले हालसम्मको निर्वाचन सुरक्षा व्यवस्था सन्तोषजनक रहेको उल्लेख गर्दै सम्भावित चुनौतीप्रति सजग रहन निर्देशन दिएकी छन् ।
बैठकमा सुरक्षा व्यवस्थापन, जोखिम मूल्याङ्कन र तिनको सामना गर्न अपनाइएका रणनीतिबारे समीक्षा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।














