काठमाडौं, ८ पुस । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन् ।
शीतलनिवासमा जारी छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् ।
जेनजी आन्दोलनपछि राष्ट्रपति र प्रधानमन्त्रीले तीनै दलका शीर्ष नेतासँग गरेको यो पहिलो औपचारिक छलफल हो । छलफलमा पछिल्लो राजनीतिक घटनाक्रम तथा आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनबारे मुख्य रूपमा कुराकानी भइरहेको उनले बताए ।














