काठमाडौं, २७ मंसिर । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले निर्वाचनअघि सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको रोडम्यापसँग सहमत हुँदै उनले राजनीतिक दलहरूले नै सरकारको नेतृत्व गरेर संविधान संशोधन तथा सबै वर्ग–समुदायको चाहना सम्बोधन गरेपछि मात्र निर्वाचनमा जानु उपयुक्त हुने धारणा राखे ।
वर्तमान सरकारलाई अवैध र असंवैधानिक भन्दै त्यसको विकल्पका रूपमा राजनीतिक शक्तिहरूको संयुक्त नेतृत्व आवश्यक रहेको उनले स्पष्ट पारे ।














