एजेन्सी, २७ मंसिर । थाइल्याण्ड र कम्बोडियाबीचको सीमा विवाद थप चर्किँदै गएको छ ।
कम्बोडियाली रक्षा मन्त्रालयका अनुसार थाइल्याण्डको सेनाले शनिबार बिहान एफ–१६ फाइटर जेट प्रयोग गरी पुरसात प्रान्तमा हवाई आक्रमण गरेको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बिहान ५ः५० र ५ः५५ बजे त्मोर क्षेत्रमा रहेको एक होटल भवनमा दुईवटा बम खसालिएको उल्लेख छ । त्यसपछि बिहान ६ः०२ र ६ः०७ बजे चेई चम्नास पुललाई लक्षित गर्दै थप दुईवटा बम प्रहार गरिएको बताइएको छ ।
साथै ६ः१२ बजे पुरानो चेई चम्नास पुलमा पनि बमबारी गरिएको बताएको छ । उल्लेखनीय रूपमा, कम्बोडिया–थाइल्याण्ड सीमाक्षेत्रको विवाद गत ७ डिसेम्बरदेखि पुनः चर्किएको हो।














