काठमाडौं, २७ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ११औं महाधिवेशनको उद्घाटन सत्रमा पार्टी झनै शक्तिशाली भएर उठेको दाबी गरेका छन् ।
उनले भदौ २३ र २४ पछि एमालेमाथि संगठित आक्रमण भइरहेको भए पनि महाधिवेशनमा देखिएको उपस्थितिले पार्टी बलियो बनेको स्पष्ट भएको बताए ।
एमाले सरकारबाट बाहिरिए पनि जनताको मनमा अझै गहिरो रूपमा बसेको र देशविरोधी तत्वहरूले नवयुवाहरूको भावनामा खेलिरहेको पोखरेलको भनाइ थियो ।














