जनकपुर, २७ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि पुस ४ गतेसम्म देशभर जिल्लास्तरीय विरोध सभा तथा जनसभा गर्ने भएको छ ।
२८ बुँदे माग र राष्ट्रिय मुद्दा उठाउँदै पार्टीले यसअन्तर्गत आफ्ना माग जनतासमक्ष पु¥याउने जनाएको छ । पुस १२ गतेदेखि प्रत्येक प्रदेशमा प्रदेशस्तरीय जनप्रदर्शन तथा विरोध सभा गर्ने कार्यक्रम पनि तय गरिएको छ ।
जसपा नेपाल संविधान संशोधन, निर्वाचन क्षेत्र पुनर्निधारण, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीलगायतका मागसहित मंसिर १० गतेदेखि संघर्षका कार्यक्रम गर्दै आएको छ ।














