काठमाडौं, २६ मंसिर । राप्रपाको केन्द्रीय कार्यसमिति बैठकले संवैधानिक राजसंस्था जनमतसंग्रह वा कुनै प्रकारको संघर्षबाट होइन, राष्ट्रिय सहमतिको आधारमै पुनःस्थापित हुनुपर्ने निष्कर्ष निकालेको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार राप्रपाले परिकल्पना गरेको राजसंस्था सबै दल र वर्गले स्वीकार गर्ने साझा संस्था हो, जसलाई बहुमत–अल्पमतको आधारमा होइन, व्यापक सहमतिको बाटोबाट स्थापित गर्नुपर्ने धारणा पार्टीले स्पष्ट पारेको छ ।
बैठकले विभिन्न प्रतिवेदन पारित गर्दै पुस महिनामा जनसंवाद र जनप्रदर्शन गर्ने निर्णयसमेत गरेको छ । साथै, आगामी निर्वाचनअघि राजा–राजनीतिक दल–जेन÷जीबीच नयाँ समझदारी आवश्यक रहेको र विदेशमा रहेका नेपालीलाई विदेशबाटै मतदान गर्न सक्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।














