काठमाडौँ, २६ मंसिर । स्वतन्त्र, निष्पक्ष, भयरहित र समावेशी निर्वाचन सुनिश्चित गर्नुपर्ने मागसहित जेनजी अभियानका युवाहरूले निर्वाचन आयोगका पदाधिकारीलाई ध्यानाकर्षण गराएका छन् ।
उनले विदेशमा रहेका नेपाली नागरिकका लागि प्रभावकारी ‘अन्तर्राष्ट्रिय मतदान प्रणाली’ तत्काल लागू नगर्ने हो भने सडक संघर्षमा जान बाध्य हुने चेतावनी दिएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित भेटघाट तथा ध्यानाकर्षण कार्यक्रममा जेनजी अभियन्ताहरूले करिब २० लाखभन्दा बढी नेपाली विदेशमा रहेको र उनीहरूलाई मतदानबाट वञ्चित राखिरहनु अन्यायपूर्ण भएको बताएका छन् ।
अभियन्ता शिरिष साहीले विदेशी रोजगार र शिक्षा–अध्ययनमा रहेका नेपालीहरूको संख्या कुनै राजनीतिक दलले पाउने मतभन्दा धेरै हुने भएकाले उनीहरूको मताधिकार सुनिश्चित गर्नु अनिवार्य रहेको उल्लेख गरे ।














