काठमाडौं, २६ मंसिर । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ भाग लिन निवेदन गरेका दलहरूको अन्तिम नामावली आज सार्वजनिक गर्दैछ ।
कुनै दलले नाम फिर्ता नगरेकाले दर्ताका लागि आएका ९३ दलको निवेदन छानबिनपछि अन्तिम सूची प्रकाशित हुने आयोगले जनाएको छ ।
आजै दलहरुलाई निर्वाचन चिह्न पनि प्रदान गरिनेछ । नामावली प्रकाशित भएपछि दलहरूलाई पुस १३ गतेसम्म समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्न समय दिइनेछ ।
उता प्रत्यक्ष प्रणालीतर्फको निर्वाचन कार्यक्रम माघ ६ गतेबाट सुरु हुने आयोगले बताएको छ ।














