काठमाडौं, २५ मंसिर । प्रभु बैंकमा सीआईबीको चलिरहेको अनुसन्धानको बीचमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक सुरज कुमार श्रेष्ठले राजीनामा दिएका छन् ।
कम्पनी सचिवका अनुसार बुधवार बसेको सञ्चालक समितिबाट राजीनामा स्वीकृत भएको हो । सीआईबीले यसअघि बैंकका सीईओ अशोक शेरचन, डीसीईओ मणिराम पोखरेल, कर्ता अधिकृत रिवास श्रेष्ठलाई नियन्त्रणमा लिएर बैंकिङ कसूरमा अनुसन्धान गरिरहेको छ ।
बुधवार नै रेमिट्यान्स विभाग प्रमुख सुगेन (सुजिन) शाक्य पनि पक्राउ परेका छन् ।














