काठमाडौं, २५ मंसिर । बर्दियाको राजापुरस्थित हमार थारू रेष्टुरेन्टमा दाङका २७ वर्षीय निरज चौधरीको गोली हानी हत्या गरेको आरोपमा लुम्बिनीका पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका सहोदर भाई महावीर चौधरीलाई बुधवार कैलालीबाट पेस्तोलसँगै पक्राउ गरिएको छ ।
हत्यापछि मोटरसाइकल लिएर फरार भएका महावीरलाई बर्दिया र कैलाली प्रहरीले संयुक्त रूपमा समातेका हुन् । बरामद गरिएको पेस्तोल घटनामै प्रयोग भएको हो÷होइन भन्ने पुष्टि बाँकी छ ।
यस घटनामा रेष्टुरेन्टका सञ्चालक दम्पति र तिनका छोरासहित चार जना पहिले नै पक्राउ परेका छन् ।














