KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

युवाहरूका माग सम्बोधन गर्दै सरकार र जेनजीको १० बुँदे सम्झौता

युवाहरूका माग सम्बोधन गर्दै सरकार र जेनजीको १० बुँदे सम्झौता

काठमाडौं, २४ मंसिर । सरकार र जेनरेशन जेड (जेनजी) आन्दोलनका प्रतिनिधिहरूबीच १० बुँदे सहमति गर्दै औपचारिक रूपमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

प्रधानमन्त्री निवास सिंहदरबारमा बुधबार साझ सम्पन्न हस्ताक्षर कार्यक्रममा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की तथा जेनजी पक्षका विभिन्न समूहका प्रतिनिधिहरू उपस्थित थिए ।

यो सम्झौतालाई दुवै पक्षले समसामयिक राजनीतिक अवस्था, विधि प्रणालीको कमजोर कार्यान्वयन तथा युवाहरूले उठाउँदै आएका मागहरू सम्बोधन गर्न गरिएको महत्वपूर्ण सहमति भन्दै स्वागत गरेका छन् ।

सम्झौतामा जेनजी आन्दोलनका क्रममा शहीद र घाइतेले देखाएको त्याग र बलिदानलाई औपचारिक मान्यता तथा सम्मान प्रदान गर्ने प्रावधान समावेश गरिएको छ । साथै, उनका परिवारलाई न्याय सुनिश्चित गर्ने तथा घटनाहरूको अर्थपूर्ण स्मरणको व्यवस्था गर्ने उल्लेख छ ।

भदौ २३ र २४ का घटनाको सत्यतथ्य छानबिन गर्न स्वतन्त्र र प्रभावकारी अनुसन्धान प्रक्रिया अघि बढाइने, जिम्मेवारमाथि कारबाही सुनिश्चित गरिने तथा भविष्यमा यस्ता घटना नदोहरिने गरी आवश्यक संरचनागत र कानुनी सुधार गरिने सहमति गरिएको छ ।

सम्झौताले राजनीतिक नीतिगत भ्रष्टाचार नियन्त्रण, सार्वजनिक संस्थानहरूको दलीयकरण अन्त्य, भागबण्डामूलक नियुक्ति रोक्ने, पारदर्शिता अभिवृद्धि गर्ने तथा सुशासन प्रवद्र्धन गर्ने प्रतिबद्धता पनि समेटेको छ ।

त्यसैगरी, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सुनिश्चित गर्ने, संविधानमा आवश्यक सुधार गर्ने, पूर्ण समानुपातिक समावेशिता तथा सहभागी प्रतिनिधित्व कायम गर्नेबारे पनि पक्षहरू सहमत भएका छन् ।

डिजिटल अधिकार, अभिव्यक्ति स्वतन्त्रता, सूचना पहुँच, तथा अनलाइन संचारमा सुरक्षा र स्वतन्त्रता जोगाउन राज्यले विशेष कदम चाल्ने उल्लेख छ ।

सम्झौतानुसार जेनजी परिषद् गठन गरिने र सम्झौताको कार्यान्वयन सम्बन्धी प्रक्रिया तोकिएको मितिदेखि लागू हुने बताइएको छ ।

दुवै पक्षले सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक संयन्त्र सक्रिय रूपमा अघि बढ़ाइने आश्वासन दिएका छन् ।

Facebook Comment

Related Posts

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar