काठमाडौं, २४ मंसिर । वैदेशिक रोजगार विभाग बाहिर सेवाग्राहीलाई झन्झट सिर्जना गर्दै मोलमोलाइ गर्ने १३ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीका क्रममा ठगिएका पीडित विभागमा जाँदा उनीहरूले घेराबन्दी गर्दै पुर्जी निकालिदिने बहानामा बार्गेनिङ गर्ने गरेको खुलेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरूका नाम गोप्य राखिएको प्रवक्ता एसपी काजीकुमार आचार्यले बताएका छन् ।














