काठमाडौं, २४ मंसिर । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रको मूल आत्मा स्वच्छ तथा निष्पक्ष निर्वाचनमा रहेको बताएकी छन् ।
७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको कार्यक्रममा उनले नागरिकले भय, दबाब वा प्रलोभनबिना प्रतिनिधि छान्न पाउनु राज्यको आधारभूत जिम्मेवारी भएको उल्लेख गरिन् । उनका अनुसार आगामी फागुन २१ मा हुने निर्वाचनलाई मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकारले तयारी अघि बढाइरहेको छ ।
उनले सुरक्षा निकायलाई उच्च मनोबलमा काम गर्ने वातावरण सुनिश्चित गरिने बताउँदै सबै राजनीतिक दल र नागरिकलाई स्वतन्त्र रूपमा सहभागिता जनाइ मानव अधिकार प्रवद्र्धनमा योगदान दिन आग्रह गरिन् ।














