काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यताको विवरण तोकिएको समयमा टुंग्याउन जिल्ला सभापतिहरूलाई परिपत्र जारी गरेको छ ।
महामन्त्री गगन थापाले पुस २६–२८ मा १५औँ महाधिवेशन हुने जानकारी दिँदै सबै जिल्लालाई सदस्यता नवीकरणमा केन्द्रित हुन आग्रह गरेका छन् । परिपत्रमा वडादेखि जिल्ला कार्यसमितिको बैठकको निर्णयसहित अन्तिम नामावली र शुल्क सहितको विवरण पुस ११ भित्र केन्द्रमा पठाइसक्न निर्देशन गरिएको छ ।
निर्धारित समयभित्र पठाइएका सूचीमा छुट परेमा ती व्यक्तिहरुको छुट्टै नामावली पुस ३ गतेभित्र केन्द्रमा अनिवार्य पठाउनुपर्ने व्यवस्था गरिएको छ ।














