काठमाडौं, २४ मंसिर। देशभरका भन्सार कार्यालयमा भन्सार एजेन्टहरूले सञ्चालन गर्दै आएको आन्दोलन स्थगित भएको छ। २३ मंसिरदेखि सुरु भएको उक्त आन्दोलन भन्सार विभाग र भन्सार एजेन्ट महासंघबीच भएको सहमतिपछि फिर्ता लिइएको हो।
भन्सार विभागका अनुसार महासंघले पेस गरेका मागमध्ये विभाग तथा कार्यालयमार्फत सम्बोधन हुनसक्ने विषयहरू चरणबद्ध रूपमा कार्यान्वयन गर्ने सहमति भएको छ। साथै, नियमावली संशोधन आवश्यक पर्ने मागहरू अर्थ मन्त्रालयसँग समन्वय गरी अघि बढाउने विभागले जनाएको छ।
भन्सार ऐन २०८२ का केही प्रावधानले एजेन्टहरूको पेशागत हकहित, कार्य–सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा नकारात्मक प्रभाव परेको भन्दै महासंघले आन्दोलन सुरू गरेको थियो।














